सप्तरीमा एक जना सांसदसहित थप ४२ जनामा कोरोना सङ्क्रमण
सप्तरी । जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षीया सांसद यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सांसद यादवका छोरा प्रदेश सभा सदस्य अभिषेक यादवलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो । आज आएको रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ । उनिहरु सवै जना होम आइसोलेसनमा बसेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार प्रतिनिधिसभा सदस्य यादवसहित आज सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका चार जना कर्मचारी छन् । थपिएका सङ्क्रमितमध्ये राजविराज नगरपालिका वडा नं ६ का १७, वडा नं। ७ का १० र वडा नं ९ का पाँच जना रहेका छन् । त्यस्तै खडक नगरपालिका –७ का दुई, बलान बिहुल गाउँपालिका–२ का तीन र सोही गाउँपालिका–३ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए। योसँगै सप्तरीमा एक हजार ४४३ सङक्रमित पुगेको छ । तीमध्ये एक हजार १२७ जना उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment