धुन्सा पुगेर ओलीले पार्टीको विवादबारे थोरै बोले, तर गम्भीर बोले (पूर्णपाठ)

डिसी नेपाल
८ मंसिर २०७७ २२:०३

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला सोमबार ताप्लेजुङको धुन्सा पुगेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवादभन्दा त्यहाँका विकास निर्माणकाबारेमा धेरै समय लिएर बोले।

स्थानीयले राखेका विभिन्न मागहरु सरकारले पूरा गर्ने भन्दै उनले यसैमा आफ्नो मन्तव्यको धेरै समय खर्चिए। मन्तव्यको अन्तिमतिर भने उनले पार्टीको विवादबारे पनि बोलेका छन्। उनले विवादबारेको प्रसंगमा आफूले भारतले कब्जा गरेको नेपाली भूमि नक्सामा समावेस गरेको र अब सो भूमि फिर्ता ल्याउँछ भन्ने चिन्ता लागेर आफूविरुद्ध षडयन्त्र भइरहेको बताए। उनले नेकपामा भइरहेको विावदलाई नेपालको नयाँ नक्सा र भारतले नेपाली भूमि कब्जा गरेको विषयसँग जोडेका हुन्।

यस्तो छ पूर्णपाठः

यस कार्यक्रमका सभाध्यक्ष महोदय, मेरो भ्रमण टोलीमा संलग्न आदरणीय सुवासचन्द्र नेम्वाङज्यू, माननीय मन्त्रीज्यू, मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण साथीहरु र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु

आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौ, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मेहनत र कोशिस गरेर नै हामीले यो अवसर जुटायौं । यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ, तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ । यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुशी लाग्यो । घुन्सा फाउन्डेशनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा यो स्वास्थ्य चौकी पनि निर्माण भएको छ ।

बस्ने क्वार्टर पनि निर्माण भएको छ । अनलाइन क्लासहरु चलाउने भवन पनि निर्माण भएको छ । त्यसैगरी यहाँ विद्युत पनि आएको छ । खानेपानीको व्यवस्था पनि यहाँ भएको छ । संचार सुविधा आइसकेकोे छ । अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ । टुजी सेवालाई छिट्टै फोरजी सेवामा स्तरोन्नति गरी संचालन गर्ने साथीहरुले भन्नुभएको छ । जेहोस् फोरजी सेवा पनि संचालन हुँदैछ । अब यहाँ मोटरेवल बाटोले जोड्ने कुरा टिपताला पास र उता दक्षिणमाा आउँछ ।

त्यहाँ जोड्ने कार्य भइरहेको छ । चीनतिर पनि बाटो खुलिसकेको छ । यता हाम्रोपट्टि पनि ट्रयाक खोल्न ६ किलोमिटर मात्रै बाँकी छ, अरु खुलिसकेको छ । यसलाई स्तरोेन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम तीन वर्षभित्रै सकिन्छ । त्यसपछि ब्ल्याकड्रप९कालोपत्रे० गर्ने काम हुन्छ । तीन वर्षभित्र यी सुगम ठाउँहरु हुन्छन् ।

म तपाईंहरुलाई खुशी व्यक्त गर्न चाहन्छु । यति दुर्गम ठाउँमा अब यहाँ संचार सेवा आइपुगेको छ । विद्युत सेवा आइसकेको छ । आधारभूत विद्यालय छ । र, यहाँ विरामीहरुले उपचार पाउने स्थिति बनेको छ । स्वाभाविक रुपमा यहाँ प्राथमिक खालकै उपचार सेवा प्राप्त हुने हो । किनभने यहाँ सुविधासम्पन्न उपचार हुने त होइन । तर पनि केही नभएको यस ठाउँमा यस स्तरको व्यवस्था गरिएको पाउँदा अत्यन्त खुशी लागेको छ ।

यहाँ आयोडिनयुक्त नुन नहुँदाखेरी समस्याहरु रहेका छन्, त्यसलाई ध्यानमा राखेर अब आयोडिनयुक्त नुन उपलब्ध गर्ने व्यवस्था हुँदैछ । त्यसले विभिन्न स्वास्थ्य समस्याहरुलाई ठीक गर्छ । त्यतापट्टि पनि ध्यान गएको छ । भर्खरै मलाई मेरी श्रीमतीले विद्यालयमा छात्रावृत्तिको लागि ५ लाख रुपियाँ सहयोग गर्ने भनेर भनेकी छन् । उत्कृष्ट, गरिब, जेहेन्दार विद्यार्थीहरुले त्यसबाट छात्रवृत्ति पाउन सक्ून् ।

यसबाट लगभग त्यसबाट ५ जना बालिका र ५ जना बालक गरी १० जनलाई छात्रावृत्ति दिन सकिन्छ । यो व्यवस्था विद्यालयले मिलाउने काम गरोस् । विद्यालयका पुराना शिक्षकहरु लोकथान प्रसाईं, एलसी गुरुङलाई मैले यहाँ देखिराखेको थिएँ । तपाईंहरु पुराना शिक्षकहरु हुनुहुन्छ । यहाँहरुले त्यसको समुचित प्रबन्ध गर्नुहुनेछ भन्ने मैले ठानेको छु । यहाँ हस्पिटल हामीले हे¥यौं, कम्मल रहेनछ । त्यसकारण १० वटा कम्मल उपलब्ध गराउने भनेर मेरी श्रीमतीले भनिदिनू भनेकी छन् । १० वटा ब्लाङकेटहरु यहाँ उपलब्ध गराइनेछ । यी त ससाना कुराहरु भए । व्यक्तिगत रुपमा उनले गर्ने कुराहरु मात्रै भए ।

तर सरकारका तर्फबाट गर्ने कामको हकमा, मुख्य रुपमा यहाँ बाटो र विद्युतको स्तरोन्नति गर्ने माग साथीहरुले यहाँ ज्ञापनपत्रमा राख्नुभएको छ र नियन्त्रित क्षेत्र हटाउनु पर्ने कुराहरु राख्नुभएको छ । र, यसले पर्यटनका लागि सजिलो बनाउने छ । रेष्टिक्टेड एरिया भनेर मान्छेहरु आवतजावत गर्न नदिने खालको स्थिति जुन छ, यसलाई हटाएर यस क्षेत्रलाई एउटा पर्यटकीय आकर्षणको विशेष क्षेत्र बनाउनुपरेको छ ।

जब यो बेसक्याम जाने बाटोका रुपमा छ भने यसलाई पर्यटकीय गतिविधि निर्वाध रुपमा गर्न नदिनु पर्ने वा रेष्टिक्टेड एरिया बनाउनुपर्ने त्यस्तो धेरै आवश्यकता छजस्तो लाग्दैन । यस सम्बन्धमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, उहाँले प्रस्ताव बनाएर अगाडि बढाउनु हुनेछ र मन्त्रिपरिषद्ले यस सम्बन्धमा आवश्यक निर्णय गरेर यहाँको आवागमन सहज बनाउने, यहाँ हेलिकोप्टरआदि आउने कुरालाई पनि सहज बनाउने र पर्यटकहरु आउने कुरालाई पनि सहज बनाउने काम गरिने छ । ती कामहरु हामी छिट्टै गर्छौं । अहिलेको समयमा धेरै कुराहरुलाई रेष्टिक्टेड गरिरहनु पर्ने वा नियन्त्रित गरिराख्नु पर्ने जरुरी छैन ।

पहिले हामीसँग विओपी थिएनन्, पहिले हामीसँग सुरक्षा निकायहरुको उपस्थिति थिएन । त्यस्तो बेलामा रेष्टिक्टेड गरिएको थियो होला । तर, अहिले जब हामीसँग सुरक्षा निकायहरु छ, विओपीहरु छन्, अरु सुरक्षा निकायहरु छन् भने अत्यावश्यक सुरक्षा र निगरानी हुन्छ, बोर्डर निगरानी हुन्छ र आवागमनको निगरानी पनि हुन्छ । को पस्छ, कस्तो खालको मान्छे प्रवेश गर्छ, को घुम्न आएको छ ? र, त्यसको जानकारी पनि हुन्छ । त्यसकारण अहिले रेष्टिक्टेड एरिया बनाइरहनु पर्ने आवश्यकता खासै पर्दैँन ।

यहाँ साथीहरुले राख्नुभएका मागहरुको सन्दर्भमा तिपताला नाका खोल्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्नुभएको छ । यो कुरा मैले अघि नै भनेँ, यसमा हामीले ध्यान दिने नै छौं । उत्तर–दक्षिण लोकमार्गलाई कालोपत्रेमा परिणत गरिदिन आग्रह गर्नुभएको छ । त्यो पनि प्रक्रियामै छ । त्यो हुने नै छ । गाउँपालिकामा रहेका एनटिसी टुजी टावरलाई फोरजीमा परिणत गरिदिन भन्नुभएको छ, त्यस सम्बन्धमा पनि काम अगाडि बढिराखेको छ ।

कञ्चनजंगा बेसक्याम्पको दक्षिणी र उत्तरी मोहडाका क्षेत्रहरुमा अवस्थित पर्यटन पदमार्गमा स्तरोन्नति गरिदिन भन्नुभएको छ । यसलाई पनि ध्यान दिइनेछ । यस पर्यटन पदमार्गलाई कसरी स्तरोन्नति गर्ने ? पहिले मोटरेवल बाटो आयो भने यसको स्तरोन्नति गर्न पनि सजिलो हुन्छ ।

त्यसकारण मोटरेवल बाटो ल्याउने कुरामा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ । त्यसले सबै कुरालाई सजिलो बनाउँदै जानेछ । साथीहरुले अर्को माग गर्नुभएको छ, यो स्पेसल परमिटको अनिवार्यताचाहिँ खारेज गर्नुप¥यो । यस सम्बन्धमा पनि मैले भनिसकें, अबको समयमा यस खालको व्यवस्था धेरै आवश्यक पर्दैन । र, यसलाई खारेज गर्न सकिन्छ । यो उहिलेको जमानाको कुरा हो ।

अहिले यस्तो अवस्था आवश्यक छैन । लघु जलविद्युत आयोजनाको क्षमता बृद्धि गरेर खम्बाचेन, ग्याब्ला र अम्जिलासाजस्ता गाउँहरुमा पनि विस्तार गरिदिन भन्नुभएको छ । यो एकदम स्वभाविक र आवश्यक कुरा हो । यसमा हाम्रो ध्यान जानेछ । तपाईंहरुले लेखेर दिनुभएका यी मागहरु लगेर सम्बन्धित मन्त्रालय र निकायहरुबाट फरवार्ड गर्ने र के गर्न सकिन्छ ? यो काम हामीले गर्नेछौं ।

हामी यस घुन्सा गाउँलाई पर्वतीय क्षेत्रको एउटा नमूना गाउँका रुपमा पर्यटकीय, पर्वतीय नमूना गाउँका रुपमा विस्तार गर्ने छौं । प्रदेश सरकारले यस बारेमा घोषणा गरिसकेको छ । मुख्यमन्त्रीजीले मलाई अघि भन्नुभएको र अस्ति नै याङजुङले पनि भनिसक्नु भएको थियो । यस गाउँलाई एउटा नमूना गाउँका रुपमा विकास गर्ने काम अघि बढसिकेको छ । नमूना गाउँका रुपमा विकास गर्न केके पूर्वाधारहरु चाहिन्छन् अथवा केके आवश्यक कामहरु गर्नुपर्छ, ती कुराहरु हामीले गर्नेछौं ।

यो नमुना गाउँ हुनको लागि अब यस गाउँमा पढ्न नपाएको कोही बालबालिका, पढ्न नपाएर कोेही निरक्षर भएको वा स्कुल जान नपाएर निरक्षर रहेको वा स्कुल जान नपाएर र पढ्न नपाइरहेको स्थितिमा कोही हुनुहुँदैन । कसैले सामान्य, प्रारम्भिक अथवा प्राथमिक स्वास्थ्य उपचार नपाउने खालको स्थिति हुनुहुँदैन वा मैले अघि नै भनेँ, आधारभूत सेवाहरु पुगेको हुनुपर्दछ । यस कुरामा प्रदेश सरकारको ध्यान जाने नै छ र केन्द्र सरकारबाट पनि हामीले उचित ध्यान दिने नै छौं ।

घुन्सामा स्थायी स्वास्थ्य चौकी स्थापनाको माग गर्नुभएको छ । यो एउटा स्वास्थ्य चौकी त बनिसकेको नै छ । यसलाई स्तरोन्नति गरेर सवलीकरण गर्दा हुन्छ । यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी हुन २०४६ सालमा छुट भएका जग्गाको पुरानो प्रमाणका आधारमा नापजाँच गरी लालपूर्जा उपलब्ध गराउन पनि तपाईंहरुले माग राख्नुभएको छ । त्यसलाई यथाशीघ्र सम्पन्न गराइने छ, म तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु ।

अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ । चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ । हामी विभिन्न दुर्गम ठाउँहरुलाई सुगम बनाइरहेका छौं । टेलिफोनबाट जोडिरहेका छौं, बाटाहरुबाट जोडिरहेका छौं, हवाइजहाज सेवाबाट जोडिरहेका छौं ।

अरु अनेक हिसाबले जोडिरहेका छौं र विकासको तीब्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दराहरुलाई जोड्न सक्छ । यी गाउँहरु केही वर्ष अगाडिसम्म साह्रै नै दुर्गम थिए । अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन् । यहाँ आउनका लागि यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन, तर पहिलेभन्दा धेरैं नै सहज भएको छ ।

म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहका साथ देश विकासको काममा लागौं । यहाँ राजनीतिक पार्टीहरुमा रुचि राख्ने र क्रियाशील साथीहरु पनि हुनुहुन्छ होला । अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका । सरकार ढलिहाल्छजस्ता कुराहरु तपाईंहरुले सुन्नु भएको हुनसक्छ ।

केही केही मान्छेहरु, केही काम नपाएका मान्छेहरु, देशमा अस्थिरता चाहने मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरुले यसो गरिरहेका छन् । हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौं । सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौं । संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौं ।

अहिले केही मान्छेहरुलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरु केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ । आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेहरुले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् ।

तिनले सुनियोजित रुपमा त्यस प्रकारका कामहरु गरिराखेका छन् । तर, म तपाईंहरुलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु । मैले चीनतिरबाट पनि नाकाहरु/बाटाहरु खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता ग¥यौं, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो ग¥यौं ।

नाकाबन्दीविरुद्ध हामी लडेर सामना ग¥यौं, नाकाबन्दी हामीले खोलायौं । चीनतिरबाट थुप्रै नाकाहरु खोलायौं । सन्धि–सम्झौताहरु ग¥यौं र हाम्रो देशको विकासका लागि हाम्रा दुबैतिरका छिमेकीहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुबैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौं । मान्छेहरुले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन् । तर, यो भएपछि केही मान्छेहरु आत्तिए । अहिले पनि तिनीहरु आत्तिएको मात्रै हो । त्यसकारण म तपाईंहरुलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।

नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, संघीय लोेकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिजाउनु बेकार छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ । हामीले यो लडेर ल्याएका छौं । यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गछौं । तसर्थः तपाईंहरु ढुक्क भएर विकासका कामहरुलाई साथ दिन लाग्नुहोस् । हामी देश विकासलाई अगाडि बढाउन सरकार दत्तचित्त छौं । मलाई काठमाडौं मात्रै बसेँ पनि पुग्थ्यो, यहाँ नआएपनि पुग्थ्यो । अस्ति भर्खर म किमाथाङ्का गएँ ।

बाटो कस्तो बन्दैछ, कसरी बन्दैछ, के हुँदैँछ ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानुपर्दैन र थोरै उचाइमा सधै चल्नसक्छ । यस्तै २३/२४ सय मिटरको उचाइमा रहेको छ । त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ । हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौं । पश्चिमतिरबाट पनि थुप्रै नाकाहरु खोल्दै छौं । त्यसकारण उत्तरी भेगका गाउँहरु पनि अब दुर्गम होइनन् ।

चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोहरुलाई पक्की बाटोका रुपमा विकास गछौं । यसरी अब देश विकासको बाटोमा अघि बढेको छ । तपाईंहरुले बुनेका गलैँचाहरु अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पु¥याउनेछ । केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ । यसरी कामहरु हुँदै गरेको, निर्माण कार्य हुँदै गरेको, बाटाका ट्रयाकहरु खोल्दै गरेको तपार्इंहरुले देख्नुभएको छ । बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरुले देख्नुभएको छ । मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन । तपाईंहरु ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ ।

मैले सरकारलाई गलत बाटोमा जान दिन्न । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, स्थायित्व र स्थिरताको पक्षमा, शान्तिको पक्षमा नै यस देशलाई अगाडि बढाउने काम हुन्छ । त्यसहिसाबले कसरी बढाउनु पर्छ ? त्यसमा नै सरकार दत्तचित्त भएर लागेको छ । म दत्तचित्त भएर लागेको छु । हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्थाहरु कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौं । म तपाईंहरुलाई ढुक्क भएर विकास निर्माणको काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु ।

म हाम्रा युवाहरुलाई भन्न चाहन्छु, तपाईंहरुले सही बाटो लिनुपर्दछ । विकासको बाटो लिनुपर्दछ । आआफ््नो ठाउँको विकास कसरी गर्ने रु कसरी अगाडि बढाउनु पर्दछ रु एउटा नमूना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासको लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढंगले काम अगाडि बढाइरहनु भएको छ । मलाई आज अलिक माइत आएजस्तोजस्तो पनि लागिरहेको छ । कोेसेली दिएर पठाउन खोजेकोजस्तो देख्छु ।

तर यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो ? हामीहरुलाई यस्ता कोसेलीहरु धेरै नदिए राम्रो हुन्थ्यो, धेरै कोसेली नदिए नै राम्रो हुन्थ्यो, उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने, त्यसैले कोसेलीहरु अलि धेरै नदिए हुन्थ्यो । खैर, म सबै साथीहरुलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु ।

तपाईंहरुकोे ल्होसारजस्ता चाडहरुको अवसरमा शुभकामना दिन चाहन्छु । सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोेस् । हाम्रा बालबालिकाहरुको पढाइ राम्रो होस् । गुरुबा, गुरुआमाहरुले राम्रो पढाउनुहोस् । राम्रो पढाउन ध्यान दिनुहोला । र, बालबालिका, साना नानीहरुलाई म आग्रह गर्न चाहन्छु, मेहनतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ । यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरु सङ्घर्ष गरेर अगाडि बढेका हुन्छन्, सङ्घर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरुले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन् । कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन् ।

तपाईंहरु सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस् । अगाडि बढ्न र देश विकास गर्न सम्भव छ । दुर्गमलाई सुगम बनाउन सकिन्छ । दुर्गमको बेग्लै महत्व हुन्छ । सहज बनाएर यसको महत्व यति नजिक हिमाल देखिन्छ, सजिलै यति नजिकैबाट हेर्न सकिन्छ । यो असाधारण सुन्दर कुरा हो । यसलाई हामी आवागमन गर्न सहज बनायौं भने यो पर्यटनको लागि बहुतै राम्रो ठाउँ हुन्छ । यसनिम्ति तपाईंहरुका माग मैले हेरेको छु ।

म सबैलाई धन्यवाद भन्न चाहन्छु । दिन छोटा छन् । तपाईंहरुले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, डकुमेन्ट्री राम्रो बनोस् । त्यसले घुन्सालाई चिनाओस् । घुन्सालाई नेपालभरि र विश्वभरी नै प्रचार गरोस् । हामीहरु यहाँको भ्रमणमा आयौं, घुन्साले प्रचार त पायो नै । अब नेपालभरिका जनताले घुन्साको बारेमा थाहा पाउँछन्, धेरै राम्ररी थाहा पाउँछन् । टेलिभिजनहरुले प्रशारण गर्छन्, यूटुुबले प्रशारण गर्छन्, अरुले पनि न्प्रशारण गर्छ ।

तपाईंहरुको यो सुन्दर मनोरम ठाउँ र यसको प्रचार सबैले गर्छन् । हो, यो ठाउँ अलिकति दुर्गम ठाउँ हो । यो ठाउँमा आउँदा विकासप्र्रेमी योजनविद् डा।हर्क गुरुङजी र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्याण्डका त्यसकाबेला कार्यवाहक राजदूत मुत्सुनेनलगायतका साथीहरुको यहाँ भएको दुर्घटनामा ज्यान गुमेकोे थियो । त्यो अत्यन्तै दुखको कुरा थियो । यो अलिक जोखिमपूर्ण भूगोल छ ।

भरसक राम्रो मौसम भएको बेला मात्रै आउने र यहाँ आउन हेलिकोप्टरबाट उड्ने गर्नुपर्छ । नत्रभने यो बाटो बनेपछि हेलिकोप्टरबाट धेरै आइरहनु पर्दैन । मान्छेहरु बाटोबाटै आउनजान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ । मौसमको खराबी कारणले दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ । यस घडीमा खासमा आज घुन्सा आएको बेलामा म डा हर्क गुरुङ, तत्कालीन बन राज्यमन्त्री गोपाल राई र फिनल्याण्डका हाम्रा मित्र मुत्सुनेनसमेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरुप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु । यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरु यहाँसम्म आउनु भएको थियो ।

अब मैले धेरै समय नलिऔं, हामीलाई छिटो फर्किनुपर्ने छ । त्यसकारण म फेरि सबैलाई शुभकामना भन्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद (राससबाट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *