ट्रम्पका वकिलविरुद्ध डोमिनियन भोटिङ सिस्टमको १ अर्ब ३० करोड डलरको मानहानी मुद्दा

डिसी नेपाल
१३ माघ २०७७ १०:२८

काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रयोग गरिएका उपकरणहरु उत्पादन गर्ने डोमिनियन भोटिङ सिस्टमले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी गिलियानीविरुद्ध सोमबार मानहानीको मुद्दा दर्ता गरेको छ । पूर्वराष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले भोटिङ मेसिनमार्फत निर्वाचनमा धाँधली गरेर आफूलाई हराइएको दावी गरेका थिए ।

एनबीसी न्यूजका अनुसार वाशिङटन जिल्ला अदालतमा डोमिनियनले दर्ता गराएको १०७ पृष्ठ लामो अभियोग पत्रमा गिलियानी, पूर्वराष्ट्रपति ट्रम्प र उनका पक्षधर मिडिया आउटलेटहरुले फैलाएका भ्रमपूर्ण खबरका कारण आफ्नो कम्पनीका संस्थापक तथा कर्मचारीहरुले प्रताडना र ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको तथा डोमिनियनले अभूतपूर्व र अपुरणीय क्षति व्यहोर्नुपरेको दावी गरिएको छ ।

कम्पनीले डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत, रेडियो अन्तरवार्ता, टेलिभिजन शो र डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गर्नुअघि आयोजित सभामा डोमिनियनबारे झुटो दावी गर्नको लागि गिलियानीले ट्रम्पलाई उक्साएको आरोप लगाएको छ । डोमिनियनले मानहानीवापत १.३ बिलियन डलरभन्दा धेरै क्षतिपूर्तिको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *