नयाँ जनादेश उपयुक्त विकल्प हुन्छः पूर्वमन्त्री बस्नेत

डिसी नेपाल
७ चैत २०७७ २१:२४
36
Shares

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गोलचक्करमा फसेको नेपालको अहिलेको राजनीतिलाई निकास दिन नयाँ जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन्।

मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित सडकको आज शिलान्यास गर्दै उनले नेपालको राजनीति गोलचक्करमा फसेकाले व्यक्तिको आकाङ्क्षाको व्यव्स्थापन एवं सम्बोधन गर्न राजनीतिमा चुनौती र जटिलता थपिएको बताए ।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले गोलचक्करमा फसेको राजनीतिलाई निकासा दिन यो सदनले सक्नेमा आशङ्का व्यक्त गर्दै भने, “अहिलेको संसद्ले निकास दिन सक्ला नसक्ला, यो अवस्थामा जनतालाई नै निकासको अधिकार दिएर जतिसक्दो छिटो नयाँ जनादेशमा गएर राम्रो नेता छानेर स्पष्ट बहुमतको स्थिर सरकारमा बनाउनु उपयुक्त हुन्छ ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.