ओली अगाडि मैले आत्मसमर्पण गरेको छैन : वामदेव गौतम

डिसी नेपाल
७ चैत २०७७ २२:१५
296
Shares

काठमाडौं। सत्तारुढ नेकपा एमालेको विवादका क्रममा राष्ट्रिय एकता अभियान बनाएर सक्रिय रहेका तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले आफूले आत्मसमर्पण नगरेको बताएका बालुवाटारमा शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएका गौतमले शनिबार अबेर आफ्नो ४ बुँदे धारण्णा सार्वजनिक गरेका छन्।

उनले केपी ओली एमालेको अध्यक्ष रहेको भन्दै त्यसलाई समूह भन्न नमिल्ने तर उनको कार्यशैली गलत रहेको बताएका छन्। उनले भनेका छन्, ‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।’

गौतमले फगुन २८ निर्णय फिर्ता हुनुपर्ने समेत बताएका छन्। उनले फागुन २८ बैठक एमाले केन्द्रीय कमिटीको बैठक नै नभएको बताएका छन्। यस्तै उनले पार्टी भित्र रहेका कमरेडहरुलाई कारबाही गर्न नमिले बताएका छन्।

४ बुँदे धारणा
१ फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ।

२ पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।

३ केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।

४ म पार्टी एकता राष्ट्रीय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *