एमालेमा किन गठन भयो संसदीय बोर्ड?

डिसी नेपाल
८ चैत २०७७ १२:४७
272
Shares

काठमाडौं। फागुन पाँच गते बिहीबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन ग-याे।

बोर्डमा संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत २४ जना छन्।

एमालेले संसदीय दल हुँदा हुँदै संसदीय बोर्ड किन गठन गर्यो ? ‘संसदीय दलकोतर्फबाट काम गर्न, वा संसदीय बोर्ड भनेको संसदीय दलको कार्यकारी निकाय जस्तै हो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘यसमा संसदीय दलका नेता, उपनेता, प्रमुख सेचतक, सचेतक र अनुभवी सांसद सदस्य हुन्छन्। बोर्डमा सबै प्रदेश, लिंग जातिलाई समानुपातिक रुपमा राखिएको हुन्छ।’

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भने संसदीय बोर्ड गठन गरिएको थियो। पार्टी एकताले पूर्णता नपाउँदा संसदीय बोर्ड गठन गर्न नसकिएको नेम्वाङले बताए।

संसदीय बोर्ड संसदीय अभ्यास अंगालेका अधिकांश राजनीतिक दलले अंगीकार गरेका हुन्छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा पनि संसदीय बोर्ड गठन गरिएको हुन्छ। एमालेले गठन गरेको संसदीय बोर्डले संसदीय दललाई संचालन गर्ने काम गर्छ। यद्यपि संसदीय बाेर्डमा माधव नेपाल र झलनाथ खनालले नबस्ने घाेषणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *