उनलाई मानिसहरु पागल भन्थे, उनी केही बोलेनन्, २४ वर्षपछि देखियो चमत्कार !
Sadiman, a 69-year-old ecowarrior, washes his hands after visiting the forest near his house in Wonogiri, Central Java province, Indonesia, in this still taken from March 13, 2021 video. Stringer/REUTERS TV via REUTERS. NO RESALES. NO ARCHIVES.
काठमाडौं। मानिसहरु उनलाई पागल भन्थे । उनी केही नबोली आफ्नो काममा लागिरहे । उनले लगातार २४ वर्षसम्म आफ्नो महान उद्देश्यको लागि परिश्रम गरिरहे । अहिले २४ वर्षपछि उनले रुखो र उजाड पहाडलाई हरियाली बनाएपछि बल्ल मानिसहरुले उनी पर्यावरण अभियन्ता भएको थाहा पाएका छन् । उनले आफू बस्ने सुख्खाग्रस्त क्षेत्रमा पानीको विकल्प खोजे र अहिले त्यहाँ पानीको स्रोत पनि फेरि ब्युँताएका छन् ।
मध्य जाभाको यो क्षेत्रमा आगलागीका कारण पूरै क्षेत्र उजाड भएको थियो । आगोले यहाँका नदी र तालहरु लगभग पूरै सुकाइदिएको थियो । सादिमन नामका यी व्यक्तिले त्यतिबेलादेखि नै यहाँ वृक्षारोपण गरेर पुनः हरियाली फर्काउने अभियान थाले । अहिले ६९ वर्ष भएका सादीमनलाई त्यहाँका स्थानीयले ‘म्बाह’ अर्थात हजुरबुवा भन्छन् । ‘मैले अनफैं सोचें यदि मैले यहाँ वृक्षारोपण गरिन भने यो पूरै क्षेत्र सुख्खा बन्नेछ’ सादिमनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने ।
सादिमनले त्यहाँ धेरैजसो बर र फिकसका रुखहरु रोपे । ‘मेरो अनुभवमा बर र फिकसका रुखहरुले धेरै पानी भण्डारण गर्न सक्छन्’ उनले भने । सादिमनले यहाँ करिब २५० हेक्टर क्षेत्रफलमा ११ हजार रुख रोपे । यी रुखका जराहरुले यहाँ जमिनमुनिको पानी कायमै राखे र भूक्षय हुन दिएनन् । कुनै सहय यहाँको पानी पाइलमार्फत लगेर घर र सिंचाइका लागि लगिनेमा आगलागीले पूरै सुख्खा भएको थियो । सादिमनको प्रयासले यहाँ फेरि पानीका मुहानहरु बनेका छन् ।

‘हो यो सुरुवात मात्रै हो’ केही गाउँलेहरुले उनको कामको प्रशंशा गर्दै भने । ‘मानिसहरुले मैले यहाँ बरको रुखका बीय लिएर आउँदा खिल्ली उडाए किनकि उनीहरुलाई बरको रुखमा आत्मा बस्ने विश्वास थियो र उनीहरु यही कारण असहज महसुस गर्थे’ सादिमनले भने । एक गाउँले वार्तोका अनुसार केहीले सादिमनलाई पागल ठान्थे किनकि उनले आफूले पालेका बाख्रा दिएर बिरुवा लिएका थिए ।
‘विगतमा मानिसहरु उनलाई पागल भन्थे तर अहिले त्यसको नतिजा हेर्नुस्’ वार्तोले भने ‘उनले कैयौं गाउँको आवश्यकता पूरा हुनेगरी सफा पानी दिन सक्षम भएका छन् ।’ सादिमनले आफ्नो कामको लागि लाग्ने खर्च एक नर्सरीबाट पनि जुटाउँछन् जहाँ उत्पादन भएका बिरुवा उनले बेच्छन् ।
उनले रुख रोपेको क्षेत्रका किसानहरुले कुनै बेला वर्षाको कमीका कारण एक बाली खेती गर्न पनि कठिन थियो तर अहिले पानीका स्रोत पुनर्जीवित भएपछि किसानले २ देखि ३ बाली खेती गर्न सक्छन् । ‘मलाई आशा छ यहाँका मानिसहरुले अब सुखी र खुसी जीवन बिताउन सक्नेछन् र फेरि जंगल जलाउने छैनन्’ सादिमनले आँखा झिम्क्याउँदै भने ।







डिसी नेपाल








Facebook Comment