लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

डिसी नेपाल
१६ साउन २०७८ १८:४५
148
Shares

रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा आज प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “वर्तमान सरकारलाई विघटन गरी १६८९२० बमोजिम बहुमतको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुखसमक्ष विनम्र अनुरोध गर्दछौँ ।” संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *