मन्त्री छान्न बसेको माओवादी स्थायी कमिटी बैठक अनिर्णित
फाइल फाेटाे।
काठमाडौं। सरकारमा सहभागी हुने मन्त्री छान्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक अनिश्चित भएको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने विषयमा छलफल भएको थियो। तर सरकारमा सहाभागी हुने मन्त्रीको नाम भने चयन गर्न सकेन।
बरु माओवादीले माधव नेपाल समूहका कारण सरकार विस्तारमा ढिलाइ भएको निष्कर्ष निकालेको छ। माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्दा सरकार विस्तारमा ढिलाइ भएको माओवादीले निष्कर्ष निकालेको छ।
‘आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको विषयमा छलफल भएपनि कुनै निर्णय भएन,’ स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले डिसी नेपालसँग भने, ‘माधव नेपाल समूहका कारण सरकार विस्तारमा ढिलाइ भएको छ, उहाँहरुले पनि सरकारमा सहाभागी हुने नहुने विषयमा आजै भोलि नै टुंग्याउँछौं भन्नु भएको छ।’
स्थायी कमिटी बैठक बस्नु अघि माओवादी अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री चयन गर्न सकस परेको छ। हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सरकारमा सहभागी भएका छन्।
स्रोतका अनुसार माधव नेपाल समूह सरकारमा सहभागी नहुने अवस्थामा माओवादीले सात वटा मन्त्रालय पाउने बताइएको छ। माओवादीका भागका सात वटा मन्त्रालय पर्याे भने उसले पाँच वटा अरु मन्त्रालय पाउने छ।







डिसी नेपाल








Facebook Comment