सुरक्षा बाहेक अरु सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीकाे घाेषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहँदासम्म सुरक्षा बाहेकका कुनै सरकारी सुविधा नलिने बताएका छन्। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेक अन्य सरकारी सुविधा नलिने बताएका हुन्।
आफू कार्यरत हुँदासम्म आवास, गाडी र भत्ता नलिने र आफू सम्बद्ध व्यवसायमा पनि आबद्ध नहुने उनको भनाइ छ। पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि १ सय दिने कार्य योजना पनि सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। श्रेष्ठलाई नियुक्ती दिएपछि देउवाको सर्वत्र आलोचना समेत भएको थियो।
व्यवसायी श्रेष्ठलाई मन्त्रालयको बागडोर दिँदा संस्थागत भ्रष्टाचारले बढवा पाउने भन्दै कांग्रेस भित्रबाट नै देउवाको आलोचना भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment