लुम्बिनीमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइयो

डिसी नेपाल
१८ साउन २०७८ १४:४३
200
Shares

काठमाडौं।लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन्।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका बहुमत ४१ सांसदको हस्ताक्षर जुटाई प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १७८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न निवेदन दिएका हुन्।

माओवादी केन्द्रका संसदीयदलका उपनेता कृष्णध्वज खड्काले भने, ‘मुख्यमन्त्री शंकर पोखरेल यस अघि नै अल्पमतमा परेपनि बिभिन्न जालझेल गरि सरकार टिकाएका थिए,संविधान अनुसार अहिले गठबन्धनको बहुमत पुगेकाले हामीले बहुमतको सरकारका लागि दावी गरेका छौँ।’

तत्कालीन नेकपाको विभाजन र एमालेको आन्तरिक द्वन्द्वका कारण कर्णाली र सुदुरपश्चिम प्रदेशमा एमालेका माधवनेपाल समूहले सहयोग गरेपनि लुम्बिनी प्रदेशमा हस्ताक्षर नगरेको सांसद खड्काले जानकारी दिए। यस अघि बैसाख ६ गते नै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.