अन्तत: ओली र नेपाल वार्ता गर्न तयार, आजै भेट हुने

डिसी नेपाल
१९ साउन २०७८ ९:५८
248
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। स्थान र समयको टुङ्गो नलागे पनि आजै उनीहरुबीच भेटघाट हुने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘समय र स्थान तय भएको छैन,’ नेता नेम्वाङले भने, ‘तर, साँझसम्म भए पनि उहाँहरुबीच भेटघाट हुन्छ। त्यसको तयारीका लागि हामी छलफलमै छौं।’

आज विहान विवाद समाधानको लागि दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो। १० बुँदे सहमतिको आधारम शक्ति बाँडफाटका लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको नेम्वाङले जानकारी दिए।

लामो समयसम्म ओलीसँग वार्ताको लागि इच्छा नदेखाएका नेपालले पछिल्लो समय भेटेर वार्ता गर्न सहमत भएका छन्। सोमबार बसेको माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुले शक्ति बाँडफाटका सन्दर्भमा ओलीसँग बसेर छफल गर्न आग्रह गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *