पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको आव्हान
फाइल
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आव्हान गरेका छन्। विहीबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी एकताको पक्षमा उभिएर पार्टीलाई बलियो बनाउन भनेका छन्।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता उपेन्द्र समूहले पाएको थियो। त्यसपछि महन्थ ठाकुर समूह सर्वोच्च अदालतसमेत गएको थियो। तर, सर्वोच्चले पनि ठाकुरको माग बमोजिम अन्तरिम आदेश नदिएपछि ठाकुरले बुधबार राति एक अपील जारी गर्दै आफूहरुको ओली सरकारमा जाने निर्णय सही भएको जिकिर गरेका थिए।
ठाकुरले बुधबार अपील जारी गरेपछि विहीबार अध्यक्ष यादवले पनि विज्ञप्ति जारी गर्दै पार्टी एकताको पक्षमा उभिन आव्हान गरेका हुन्। उनले आधिकारिकताबारे निर्णय आउनु अगावै कुनै कारणले अलग वा अन्यत्र गएका नेता कार्यकर्ताहरुलाई पनि जसपामा फर्किएर क्रियाशील हुन आव्हान गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment