कांग्रेसको १० जिल्लामा नेतृत्व छानियाे, पौडेल समूहको अग्रता
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ। आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ।
१० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही (कालीकोट), केशरमान रोका (रुकुमपूर्व), दीपक खड्का (संखुवासभा), नन्दप्रसाद न्यौपाने (गोरखा) र बर्मा लामा (दोलखा) रहेका छन्।
देउवा पक्षका जिल्ला सभापतिहरूमा शंकर गुरुङ (मनाङ), मोहनविक्रम सिंह (हुम्ला), गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ) र पूर्णबहादुर तामाङ (रामेछाप) रहेका छन्। कांग्रेसले हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार बाँकी जिल्लामा अधिवेशन जारी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment