प्रदेश २ का मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै
फाइल
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज बुधबार विश्वासको मत लिँदैछन्। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन्। जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ।
विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ।
प्रदेश २ मा कुल १०७ सांसद थिए। तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन्। जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment