ताजा जनादेशमा जानु अहिलेको आवश्यक्ताः महासचिव पोखरेल

डिसी नेपाल
२४ असोज २०७८ १४:४३
32
Shares

काठमाडौं। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य सहि भएको बताएका छन् ।

वडा दशैंको पूर्वसन्ध्यामा आइतबार आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै पनि सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारेका छन्।

उनले प्रतिनिधिसभाको विघटनलाई सर्वाेच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाएर एमाले सरकारमा जानेपनि दावी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.