अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेदवारलाई सबैभन्दा कम भाेट
अर्घाखाँची। नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए। अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए। २७ मत बदर भएको छ।
पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैैभन्दा कम मत प्राप्त गरेका हुन्। देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment