एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

डिसी नेपाल
१० मंसिर २०७८ ११:१९

काठमाडौं ।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा.हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *