कुमारी बैंकले २९ हजार ६८८ कित्ता संस्थापक शेयर विक्री गर्दै

डिसी नेपाल
२४ मंसिर २०७८ १०:५०
108
Shares

काठमाडौं । कुमारी बैंकले २९ हजार ६८८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै  बैंकका संस्थापक शेयरधनी दिपक पाण्डेको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ।

बैंकले तोकेको उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.