८९ करोड लगानीमा बीमा समितिको नयाँ भवन बन्दै

डिसी नेपाल
२४ मंसिर २०७८ १४:११
32
Shares

काठमाडौँ। बीमा समितिले आफ्नै नयाँ भवन निर्माण गर्ने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो ।

समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत ८९ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।  ललितपुरको कुपण्डोलमा रहेको आफ्नै जग्गामा नयाँ भवन निर्माण गरिने समितिले जनाएको छ ।

मंसिर २७ गते भवन निर्माणको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम तय भईसेकेको पनि समितिले जनाएको छ । प्रस्तावित नयाँ भवन पूर्ण रूपमा अपाङ्गमैत्री र भूकम्प प्रतिरोधात्मक हुने समितिको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.