मनकामना स्मार्ट लघुवित्तले बोलायो पुस १९ गते वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

डिसी नेपाल
२६ मंसिर २०७८ ९:१३
56
Shares
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ। संस्थाले बोनस सेयर पारित गर्न उक्त सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु गर्ने भएको छ ।
सभामा संस्थाले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ। यसका साथै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको पनि निर्वाचन गर्ने मुख्य एजेण्डा रहेको छ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले पुस ४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.