मिथिला लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
२६ मंसिर २०७८ १०:५९
48
Shares

काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति ११६ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनक लागि १ दसमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृति पाए पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिने छ । संस्थाको हाल चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.