आईपीओ निष्काशन प्रस्ताव पारित गर्न श्रृजनशील लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते बस्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे बस्ने भएको छ ।
सभाले साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि एजेण्डा रहेको छ ।
सभामा कम्पनी अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीको जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment