एनएमबि बैंकको साधारण सभा पुस २२ गते हुने, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ। बैंकको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे बस्ने भएको छ ।
सभामा बैंकले १२.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.३ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, बैंकको जारी पुँजी बढाउने एजेण्डा पनि रहेको छ। आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
सभा प्रयोजनको लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment