एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

डिसी नेपाल
५ पुष २०७८ १०:५९
64
Shares

काठमाडौं। साना तथा मझौला व्यवसायी र कार्यलयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ।

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ।

बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रबार (पुष २) बाट लागु हुने गरि यो योजना ल्याइएको हो। ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् ।

त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा पाउँछन् ।

ग्राहकले एकपटक मात्र कर सहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन् ।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरि बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.