नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिने २ अर्ब रुपैयाँ गरी १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ। ९१ दिने ट्रेजरी आगामी चैत ८ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी ७ असार २०७९ मा परिपक्व हुनेछ । ३६४ दिनेको ट्रेजरी बिल २०७९ पुस ५ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ।
बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ।







डिसी नेपाल








Facebook Comment