१७.९३ अङ्कले घट्यो नेप्से, परिसूचक २३५८.८१ बिन्दुमा
काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १७.९३ अङ्कले घटेर २ हजार ३५८.८१ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.३४ अङ्कले घटेर ४५१.१९ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार सबै भन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ। यस कम्पनीको १९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : हिमालयन डिस्तिलरी र कृषि विकास बैंकको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ बाट उपसमूहमध्ये २ वटा उपसमूह बढेको छ भने ११ वटा उपसमूह ओरालो लागेको छ ।सबै भन्दा बढी उत्पादन उपसमूह बढेको छ भने विकास बैंक उपसुचक सबै भन्दा बढी घटेको छ।
सोमबार सबै भन्दा बढी गोर्खाज फाइनान्स र हिमालयन डिस्तिलरीका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन इनर्जी र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment