नबिल बैंकले डाक्यो पुस ३० गते साधारणसभा, ३८ प्रतिशत लाभांशसहित यस्ता छन् प्रस्तावहरु
काठमाडौँ । नबिल बैंकको ३७ औँ वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित नबिल सेन्टरमा बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, अधिकृत पुँजी वृद्धि गरी १९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि रहेको छ ।
बैंकले सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
सभा प्रयोजनको लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।







डिसी नेपाल








Facebook Comment