१५ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो पुस ३० गते साधारण सभा
काठमाडौं। सिद्धार्थ बैंकले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । १५ प्रतिशत लाभांश पारित गर्न सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काडठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
सभा गर्न बैंकले पुस १८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment