लाइफ इन्स्योरेन्स कर्पोरेसनले गर्यो २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा

डिसी नेपाल
९ पुष २०७८ १०:५०
104
Shares

काठमाडौँ  । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको  सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.