१३ वटा जलविद्युत कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीमध्ये १३ वटा जलविद्युत कम्पनीले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार अनुसार ङादी ग्रुप पावरले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । ङादी ग्रुप पावरले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । सबै भन्दा काम लाभांश नेपाल हाइड्रोले दिने भएको छ। नेपाल हाइद्रोले आफ्नो लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिसह्त लाभांश वितरण गर्ने भएको छ।
लाभांश घोषणा गरेको अरुण कबाली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश, कालिका पावर कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश, चिलिमे हाइड्रोपावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश, अपि पावर कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरले १२.६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। त्यस्तै, सानिमा माई हाइड्रोपावर, रुरु जलविद्युत, सिनर्जी पावर र अरुण भ्यालीहाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । लाभांश घोषणा गरेकामध्ये १० कम्पनीको बुकक्लोज भइसकेका छन् भने बाँकी ३ वटा कम्पनीको बुक क्लोज हुन बाँकी रहेको छ ।







डिसी नेपाल








Facebook Comment