बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो

डिसी नेपाल
११ पुष २०७८ ११:३२

काठमाडौं। मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा पाँच अर्ब निक्षेप घटेको हो। गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो।

वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ। बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ। बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ। निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.