एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनको लागि पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, आज (पुस ११) गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
बैंकको वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ।
सभामा बैंकले ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।
यता, एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment