४५ प्रतिशत लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो माघ ६ गते साधारण सभा
काठमाडौं। नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बार्षिक साधारण सभा माघ ६ गते हुने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुने भएको छ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभाका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस २६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनुका साथै सभामा भाग लिन पाउने छन् ।







डिसी नेपाल







Facebook Comment