मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१३ पुष २०७८ ११:५४
48
Shares

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने र सभामा सहभागी हुन पाउने छन्।

बैंकको १६औं वार्षिक साधारण सभा पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७० प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने एजेण्डा पनि रहेको छ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.