विदेशी मुद्रा सटहीमा थप कडाइ, २ पटक मात्र डलर साट्न पाउने

डिसी नेपाल
१५ पुष २०७८ ९:५९
272
Shares

काठमाडौँ। विदेशी मुद्रा सटहीमा नेपाल राष्ट्र बैङ्कले थप कडाइ गरेको छ। राष्ट्र बैङ्कले बुधबार क वर्गका वाणिज्य बैङ्क र ख वर्गका विकास बैङ्कलाई परिपत्र गर्दै यसअघि जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गरेको हो। यो व्यवस्था भारत बाहेकका अन्य मुलुकमा लागू हुने भएको छ ।

राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई एक पटकका लागि एक हजार पाँच सय अमेरिकी डलरसम्म मात्र परिवर्त्य विदेशी मुद्रा सटहीको सुविधा दिएको छ।

यस्तो सुविधा वर्षमा दुई पटकसम्म मात्र  पाउने निर्देशनमा उल्लेख छ। साथै, विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउँदा स्रोतको स्वघोषणा गरेको हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैङ्कले जनाएको छ। राहदानीबाहक आँफै उपस्थित भएको अवस्थामा मात्र सटही सुविधा उपलब्ध हुने ब्यवस्था गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.