लाभांश पारित गर्न रिलायन्स फाइनान्सले बोलायो पुस ३० गते वार्षिक साधारण सभा

डिसी नेपाल
१५ पुष २०७८ १२:३०
60
Shares
काठमाडौं।  रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ। उक्त सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिसह्त नगद लाभांश दिन प्रस्ताव पेश गर्ने भएको छ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।
सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
लाभांश पारित गर्न तथा सभा प्रयोजनका लागि  फाइनान्सले पुस २० गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार,  पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा सहभागी हुने पाउने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.