सेयर बजारमा हरियाली, ६०.४१ अङ्कले बढ्यो नेप्से

डिसी नेपाल
१८ पुष २०७८ १५:२५
76
Shares

काठमाडौं । अंग्रजी नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजारमा हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर  २ हजार ५८४.९१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ ५३ पैसाको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४४ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ हजार ३ सय १८ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : नबिल बैंक र शिभम सिमेन्टको कारोबार भएको छ ।

आइतबार सबै भन्दा बढी हिमालयन डिस्टिलरी र मध्ये भोटेकोशी जलविद्युतका लगानीकर्ताले कमाएका छन् भने गोर्खाज फाइनान्स र नबिल इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.