कृषि सामग्री लिमिटेडमा डेढ अर्ब भ्रष्टाचार, प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

डिसी नेपाल
१८ पुष २०७८ १८:०९
68
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ ।

आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो । लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध उक्त बिगो दाबी गरिएको छ ।

यसैगरि नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दाबी गरिएको छ ।

यसैगरि आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ७२ पैसा बिगो दाबी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.