६ वटा कम्पनीको सेयर मूल्य समायोजन, समायोजनपछि भाउ कति ?
काठमाडौँ । ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिमालयन बैंक, सेञ्चुरी बैंक, कालिका पावर कम्पनी लिमिटेड, मिर्मिरे लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, र मिथिला लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।
सेञ्चुरी बैंकको ५.७५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २ सय २६ रुपैयाँ कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार २ सय ३९ रुपैयाँले भएको थियो ।
हिमालयन बैंकको २१.३८ प्रतिशत बोनसपछि नेप्सेले ३ सय ९८ रुपैयाँ ७५ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन भएको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ४ सय ८४ रुपैयाँले भएको थियो ।
कालिका पावरको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५०.४३ रुपैयाँ कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार प्रति कित्ता ५ सय १८ रुपैयाँले भएको थियो ।
मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनसपछि नेप्सेले सेयर मूल्य प्रति कित्ता १ हजार २ सय ९४ रुपैयाँ ८३ पैसा कायम हुने गरी मूल्य समायोजन भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार प्रति कित्ता १ हजार ५ सय ५५ रुपैयाँले भएको थियो ।
मिथिला लघुवित्तको २५ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १ हजार ५ सय ६७ रुपैयाँ २० पैसा कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार प्रति कित्ता १ हजार ९ सय ५९ रुपैयाँले भएको थियो ।
प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार प्रति कित्ता ३ सय ५४ रुपैयाँ ९० पैसाले भएको थियो ।







डिसी नेपाल







Facebook Comment