मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१९ पुष २०७८ १०:४०
124
Shares

काठमाडौं। मेगा बैंकका संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका छन् । सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा मन्दीरा शाह, रविन ढकाल र याला एडभेन्चर प्राली रहेका छन् ।

बैंकका संस्थापक सेयरधनी मन्दीरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता, रविन ढकालको नाममा रहेको १२ हजार ८२० कित्ता र याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता गरी कुल १ लाख २१ हजार ४५९  हजार कित्ता सेयर बिक्री गर्न लागेको हो।

यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.