सेयर बजार राताम्मे, ३०.७५ अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.७५ अङ्कले घटेर २ हजार ६४९.२० विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३६ कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा शिभम सिमेन्ट अग्रस्थानमा रहेको छ । यस कम्पनीको १८ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ५ सय २३ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अपि पावर रा अपर तामाकोशीको भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ बाट उपसूचकमध्ये १ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक राताम्मे भएको छ। बुधबार सबै भन्दा बढी मध्ये भोटेकोशी जलविद्युत र छयांदी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने विजय लघुवित्त र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment