पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्बिर
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ रहेको छ ।
बुधबार प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment