गरिमा विकास बैंकले १६ प्रतिशत लाभांश दिँदै
काठमाडौँ। गरिमा विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिन घोषणा गरेको छ। बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको बैंकले जनाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १ सय ५ रुपैयाँ ८ पैसाको १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २ सय ९६ रुपैयाँ ८१ पैसा बराबरको बोनस सेयर आफ्नो लगानीकर्तालाई वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment