शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो ८ पदका लागि कर्मचारी

डिसी नेपाल
२२ पुष २०७८ १३:२४
152
Shares

काठमाडौं। शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ पदका लागि कर्मचारी माग गरेको छ । बैंक बिहिबार एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय बुटवल र बाहिरका ब्रान्चहरुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालयका लागि लिगल डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्ट, क्रेडिट रिस्क डिपार्टमेन्ट, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र रिलेशनसिप अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै, बैंकले अन्य ब्रान्चहरुका लागि रिलेसनशिप अफिसर/म्यानेजर, ब्रान्च म्यानेजर, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र ट्रेइनी असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि दरखास्त दिन न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.