रसुवागढी हाइड्रोपावरको साधारण सभा हुने स्थान परिवर्तन
काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा हुने स्थान परिवर्तन भएको छ । अब कम्पनीको सभा पुस २६ गते स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा हुनेछ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । यसअघि सभा कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज काठमाडौंमा हुने भनिएको थियो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment