एमाले इलाम अधिवेशनः अध्यक्षसहित सबै पदमा चुनाव हुने

डिसी नेपाल
२४ पुष २०७८ १८:२४
24
Shares

काठमाडौं। नेकपा एमाले इलामको नेतृत्व चयनको लागि भइरहेको १०औं जिल्ला अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारीमा निर्वाचन हुने भएको छ ।अध्यक्षमा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा उदयबहादुर राई र याम अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङको उम्मेदवारी परेको छ । दुई उपसचिवको लागि विष्णुमाया आचार्य, रमेश राई, छवि श्रेष्ठ, रवीन्द्र सुवेदी, सन्तराम योङहाङ र नरेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीसहित १०५ पाँच सदस्यीय कमिटीको लागि दुई सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.