एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्दै, कति दिन्छ ब्याज ?

डिसी नेपाल
२५ पुष २०७८ ९:२५
348
Shares

काठमाडौं। एभरेष्ट बैंकले माघ ३ गतेदेखि २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले जारी गर्ने कुल ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ । यो ऋणपत्रमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समय भित्र आवश्यक मात्रामा ऋणपत्र बिक्री नभएमा माघ १७ गतेसम्म भर्न सकिने पनि बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.