सिटिजन्स बैंकका ग्राहकले कार्डको प्रयोग बीना नै एटिमबाट पैसा झिक्न सक्ने

डिसी नेपाल
२५ पुष २०७८ १०:१०
832
Shares

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाकोे सुरुवात गरेको छ ।

यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधीमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ ।

यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ । पुष २३, २०७८ मा एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन । उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.