हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ५ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment